नियम ३८
निरीक्षण तथा निर्देशन
(१) समितिले बिमकले गर्ने बिमा व्यवसायका सम्बन्धमा निरीक्षण गरी समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ । यसरी समितिले दिएको निर्देशनको पालना गर्नु सम्बन्धित बिमकको कर्तव्य हुनेछ ।
(२) समितिबाट निरीक्ष्ँणको सिलसिलामा खटिएका अधिकृतले मागेको विवरण, हिसाब किताब लगायतका अन्य कागजातहरू हेर्न, जाँच्न दिने बिमक तथा सम्बन्धित सबैको कर्तव्य हुनेछ ।